अपहरणमा परेका काँग्रेस कार्यकर्ता मुक्त

http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_8424.html
ध्रुवचन्द्र खड्का
सिन्धुली,असोज २५ ।
एमाओवादीको अपहरणमा परेका काँग्रेसका कार्यकर्ताहरु अपहरण मुक्त भएका छन् । सिन्धुलीका प्रहरी निरिक्षक दिलिप कुमार झाको नेतृत्वमा गएको टोलिले विहीवार अपरान्ह ३ः३० बजेतिर उनिहरुलाई अपहरण मुक्त गराएको सिन्धुली प्रहरीले जनाएको छ । एकीकृत माओवादी कार्यकर्ताले काँग्रेसका आकास भनिने नवराज श्रेष्ठ, कान्छामान वल र अमर घलानलाइ अपहरण गरेका थिए । कल्पवृक्ष ५ ठूलीदमारवाट उनिहरुलाई अपहरण मुक्त गराएर उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । घाइतेमध्ये कान्छामान वलको अवस्था गम्भीर रहेको वताइएको छ । उनिहरुलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । अपहरणकारीको खोजि कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
त्यस्तै एमाओवादी र कांग्रेसका कार्यकर्ताबीच सिन्धुलीमा भएको दाहोरो झडपका कारण विहीवार बिहान देखि सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त बन्यो । बिहानै सिन्धुलीको मरिण मथौलीमा कांग्रेस महासमिति सदस्य नवराज श्रेष्ठ (आकाश) लगायतको समूह माथि एमाओवादीले हमला गरेपछि त्यसको विरोधमा कांग्रेसका कार्यकर्ताले सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त बनाएका हुन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । साथै सदरमुकाममाढी वजारमा ठूलो सख्ंयामा प्रहरी परिचालन गरिएको छ । दुवै पक्ष एकत्रित भएर बसेकाले जुन कुनैबेला भिडन्त हुनसक्ने अवस्था छ । कपिलाकोटको मथौलीमा बस काउण्टर निर्माण र सडक निर्माणका विषयमा विवाद भएपछि झडप भएको बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !