सिन्धुलीलाई अप्टिकल फाईबरमा जोडिने




सिन्धुली,असोज २५ ।

नेपाल दुरसंचार कर्मचारी संघ क्षेत्रिय समिति विरगञ्जको आठौ क्षेत्रिय अधिबेशन आजवाट सिन्धुलीमाढीमा सुरु भएको छ ।  नेपाल टेलिकमका संचालक समिति सदस्य टंकलाल श्रेष्ठले वागवानी केन्द्रमा उद्घाट्न गर्नुभएको कार्यक्रममा दुरसंचारका समस्या र सेवाग्राहीले भोगेका समस्याका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

श्रेष्ठले दुरसंचारले सरकारी नीतिका कारण पनि खुल्ला बजारमा प्रतिष्पर्धा गर्न नसकेको बताउनुभयो । उहाँले नेपाल टेलिकमसँग श्रोत साधनको कुनै कमी नभएको तर व्यवस्थापकिए समस्या रहेको बताउनुभयो । उहाले सिन्धुलीलाई अपटिकल फाईबरमा जोड्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष अशोक कर्णले दुरसंचारका बारेमा गलत प्रचार भएको बताउनुभयो । तर पनि कर्मचारीले हत्तोत्साही हुनुपर्ने अवस्था नभएको बताउनुभयो । कार्यक्रममा दुरसंचार कार्यलय विरगञ्जका क्षेत्रिय डाइरेक्टर श्यामसुन्दर प्रसाद यादव हेटौडा कार्यालयका प्रमुख रामनारायण महतो,रेडियो सिन्धुलीगढीका स्टेसनम्यानेजर द्वारिका काफ्ले लगायतको मन्तव्य राख्नुभएको थियो ।



Related

प्रविधि 5061046390065706505

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item