दलित र गैर दलितको विवाद पाँच ६ दिन पछि मिल्यो

http://sindhulidarpan.blogspot.com/2012/10/conflict.html
रमा खड्का,
बाजुरा,कात्तिक १२ ।
दसैको अष्टमीको दिन पुजा गर्ने क्रममा दलित र गैर दलितबीच भएको विवाद पाँच दिन पछि मिलेको छ । मार्तडी ५ रावल वाडामा रहेको बडिमालिका मन्दिरमा पुजा गर्न नमिल्ने भन्दै स्थानीय गैर दलितले दलितमाथि हातपात गरेपछि बढेको विवाद पाँच दिन पछि सर्वपक्ष्ीय छलफलबाट मिलाइएको हो । अष्टमीको साँझ पुजा गर्न नमिल्ने भन्दै स्थानीय युवाहरुले दलितमाथि हस्तक्षेप गर्न खोज्दा विवाद सिर्जना भएको थियो ।
आफूहरुमाथि गैर दलितहरुले मन्दिरमा गएको निहुमा हातपाट गरी घाइते बनाएको भन्दै पीडित पक्षका नाममा दर्ता गरिएको उजुरीलाई अगाडी नबढाउने दुबै पक्षले लिखित सहमति गरेका छन् । जिल्ला प्रहरी कार्यालयको रोहबरमा सर्वपक्षिय उपस्थितिमा घटनामा संलग्न व्यक्तिहरुलाई सार्वजनिक रुपमा आम माफी माग्न लगाईं जातीय विभेद सम्बन्धी घटनाको न्यूनिकरणका लागि निर्देशिका तयार पार्ने, बडिमालिका मन्दिर आजका मितिबाट सवैका लागि खुल्ला राख्ने, मन्दिर व्यवस्थापनलाई सक्रिय बनाई सम्पत्तिको सार्वजनिक गरिने, घटनामा घाइते भएका मार्तडी ८ का लक्ष्मी विक र सिता विकको उपचार खर्च दोषि पक्षले तिर्ने, घटना दोहोरिएमा कानून बमोजिक कारबाहीको लागि सिफारिस गर्ने दुबै पक्षबीच सहमति भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !