पूर्व कानून मन्त्री एवं नेपाल बारका पूर्व अध्यक्ष ढुंगानाको निधन

http://sindhulidarpan.blogspot.com/2012/10/death_12.html
काठमाण्डौ,असोज २६ ।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता वासुदेव ढुंगानाको ८२ वर्षको उमेरमा आज निधन भएको छ । उपचारका क्रममा उहाँको शिक्षण अस्पतालमा निधन भएको नेपाल बारका महासचिव विजय मिश्रले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँको शवलाई अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल बारको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जलीका राखिने पनि महासचिव मिश्रले जानकारी दिनुभयो । ढुंगाना कानून मन्त्री एवं न्यायपरिषद्का सदस्य पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
यसैबीच उपप्रधानमन्त्री एवं एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका आमाको अहिले पशुपति आर्यघाटनमा अन्त्येष्टी भइरहेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँको हिजो साँझ निधन भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !