विद्यार्थी फोरमको महाधिवेशन आजदेखि सर्लाहीमा

http://sindhulidarpan.blogspot.com/2012/10/news_12.html
सुनिल ठाकुर, सर्लाही,असोज २६ ।
मधेसी जनअधिकार फोरम नेपालको भ्रातृसंगठन मधेसी विद्यार्थी फोरम नेपालको दोस्रो महाधिवेशन आजदेखि सर्लाही सदरमुकाम मलंगवामा सुरु हुने भएको छ । ४२ जिल्लाका विद्यार्थीहरुको सहभागिता रहने महाधिवेशन दुई दिनसम्म चल्ने छ ।
महाधिवेशनमा आज खुल्ला सत्र र भोलि बन्द सत्र चल्ने विद्यार्थी फोरमका सर्लाही अध्यक्ष लालबाबु यादवले जानकारी दिनुभयो । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन पनि गरिने छ । महाधिवेशनलाई फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रिय कोषाध्यक्ष रेणु यादव, महासचिव राम सहाय यादव, पुर्वमन्त्री हरिनारायण यादवलगायतले सम्बोधन गर्नुहुने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !