दशैँका लागि चिनियाँ भेडा च्याग्रा नेपाल भित्रन थाले

http://sindhulidarpan.blogspot.com/2012/10/money_12.html
प्रकाश सुन्दास,
काभ्रे,असोज २६ ।
चीनसँग नेपालको प्रमूख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानीबाट दशैंका लागि चिनियाँ भेडा च्याङग्रा नेपाल भित्रिन थालेका छन् । सिन्धुपाल्चोकका व्यापारी जगत श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नेत्रलाल श्रेष्ठ, जगतबहादुर थापा र खड्क बहादुर थापाको समूहले करिब दुई हजार भेडा च्याङग्रा नेपाल भित्र्याएको अध्यागमन कार्यालय कोदारीका प्रमुख जगनाथ शर्माले जानकारी दिनुभयो ।
गएका वर्षमाहरुमा दशै आउन एक महिना अगाडिदेखि नै भेडा च्याङग्रा नेपाल आउने गरेपनि यो वर्ष भेडा च्याङग्रा निकै महँगो भएका कारण नेपाली व्यापारी ढिला गरी चीन प्रवेश गरेको अध्यागमन कार्यालयले जनाएको छ । यसैबीच नेपाल ल्याउँदै गर्दा मितेरी पुलमा खोसिएका भेडा च्याङग्रा चिनियाँ प्रहरीले फिर्ता गरेका छन् । ६ वटा भेडा च्याङग्रा चिनियाँ प्ररहीले खोसेको नेपाली व्यापारीहरुले बताएपनि दुई वटा मात्रै चिनियाँ प्रहरीले लुकाइदिएको र त्यो पनि फिर्ता दिएको अध्यागन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !