राजमार्ग विहानैदेखि सुनसान



प्रकाश सुन्दास,
काभ्रे,कात्तिक ७ ।

दसैको टिका नजिकिएसँगै अरनिको राजमार्ग आज विहानै देखि सुनसान बनेको छ । राजधानी पूर्वका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाहरुमा विगत ४० वर्षदेखि यातायातको सुविधा दिदैँ आएको अरनिको यातायात सेवा समितिका केहि सुपर एक्सप्रेस बस छिटफुट रुपमा चलेपनि अन्य भाडाका साधन भने चलेका छैन्न । त्यस्तै धुलिखेल, बनेपा, पनौती लगायतका बजारहरुमा पनि अन्य दिनको तुलनामा यात्रुबहाक बस निकै कम चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 २ गतेदेखि फुलपातीको दिनसम्म भण्डै दैनिक साढे ३ सय यात्रुबाहक बस राजधानीबाट पूर्वका जिल्लाहरुमा बाहिरीए पनि आज यात्रुबाहक बस सञ्चालन नभएको जगाती चेक पोष्ट भक्तपुरले जनाएको छ । अष्टमीको दिनदेखि टिकाको दिनसम्म क्यूउमा बस सञ्चालन नगरेपनि पूरानो बसपार्कमा सुपर एक्सप्रेस बसको काउण्टर खुल्ला गरेर सरकारले तोके अनुसारको भाडादरमै यात्रुहरुलाई गन्तव्यसम्म पु¥याइरहेको अरनिको यातायात सेवा समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो । राजमार्गमा बस नचलेपछि सर्वसाधरणहरु भने समस्यामा परेका छन् । राजमार्गमा साना सवारी साधनमात्रै चलेका छन् ।


Related

राष्ट्रिय 8981677846769163152

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item