जनकपुरमा एक रातमा १४ हजारभन्दा धेरै बोका बली




धैर्यकान्त दत्त,
 जनकपुर,कात्तिक ७ । 

जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष महाअष्टमीको राती १४ हजारभन्दा धेरै बोका बली दिइएको छ । राजदेवी मन्दिरको पूजा व्यवस्थापन गर्दै आइरहेको स्थानिय महावीर युवा कमिटीले दिएको जानकारीअनुसार महाअष्टमीको राति यस वर्ष सरकारी कार्यालयहरु बाहेक करिब १५ हजार बोका बली दिइएको छ । जनकपुरको प्रमुख शक्तिपीठ मानिएको राजदेवी मन्दिरमा हिजो राती ८ बजे सुरु भएको बोका बली आज बिहान साढे ६ बजेसम्म चलेको थियो ।

 अन्य शक्तिपीठहरुमा दिउँसै बोका बली दिने गरिएको भए पनि जनकपुरको राजदेवी मन्दिरमा महाअष्टमीको राति बोका बली दिने परम्परा रहेको छ । राजदेवी मन्दिरमा बोका बली दिन नेपालको धनुषा महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाबाहेक भारतका बिभिन्न जिल्लाहरूबाट समेत बोका बली दिन आउने गरेका छन् । बोका बलीलाई व्यवस्थित गर्न तीन सयभन्दा धेरैको सङ्ख्यामा स्वयम् सेवकहरु परिचालन गरिएको थियो ।

Related

विविध 4780075945480415948

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item