सिन्धुलीको जुनार चिन निर्यात गर्न सरकार लागीपर्दै



अञ्जु तामाङ,
सिन्धुली,असोज १७ । 

सिन्धुलीको जुनार फल चिनको तिव्बत निर्यात गर्ने प्रक्रिया नेपाल सरकारवाट शुरु भएको छ । नेपाल सरकार कृषि विभाग र जनवादी गणतन्त्रविच सरकार गुणस्तर सुपरिवेक्षक निरिक्षक र क्वारेन्टाइन सम्बन्धि प्रशासनबीच गत २०६९ असार २० गते भएको संझौता अनुसार नेपाल पक्ष्यबाट कृषकको बगैचा दर्ता र रोग किरा सर्वेक्षणको कार्य भैरहेको छ । 

यही आशोज १५ गतेदेखि १७ गतेसम्म सिन्धुली जिल्ल्लाका जुनार पकेट गाविसहरुमा रोग किराको सर्वेक्षणगर्न राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम प्रमुख ईश्वर रिजालको नेतृत्वमा राष्ट्रिय कृषि अनुसन्धान परिषदका वरिष्ट किट विज्ञ बाबा प्रधान वरिष्ट बालिरोग विज्ञ सुरज बैद्य क्षेत्रिय कृषि निर्देशनालयका हरिहर भवनका कृषि पसार अधिकृत केशव खनाल राष्ट्रिय सुन्तला जात फलफुल विकास कार्यक्रमका वागवानी विकास अधिकृत वोम थापा क्षेत्रिय वाली संरक्षण प्रयोगशालाका कृष्ण भद्र अधिकारी कृषि बस्तु निर्यात प्रवर्दन कार्यलयका मदन रेग्मी जिल्ला कृषि विकास कार्यलय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारी योजना अधिकृत रामदुलार शाह साथै कृषि सेवा सेवा केन्द्रका प्रविधिहरुको टोलीले जुनार उत्पादन क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
 निरिक्षण गरि चिनिया पक्षको क्वारेन्टाइन बाली शत्रुहरुको सर्वेक्षण गरि २ देशको संझौताको प्रमुख प्रावधानबारे कृषकहरुलाई जानकारी गराइएको थियो । निरिक्षण पछि  सिन्धुली जिल्लामा रहेको जुनारफलमा आएको समस्यावारे छलफल गरको जिल्लाकृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

Related

प्रमूखखबरहरु 5370652920629921935

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item