भैंसी गोठमा नवजात शिशु रोएपछि..
http://sindhulidarpan.blogspot.com/2012/10/baby.html
सिन्धुली, असोज १७ ।
सिन्धुली जिल्लाको झाँगाझोली–२ मा कार्टुनमा राखेर फालिएको अवस्थामा आज नवजात शिशु फेला परेका छ । आज विहान आठ बजे स्थानीय किरण आचार्यको भैंसी बाध्ने माचमाथी कार्टुनमा कपडाले बेरी राखेको अबस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बच्चा रोएको सुनेर हेर्दा नवजात शिशु फेला परेपछि स्थानीयवासीले प्रहरी चौकी रातामाटामा खबर गरेका थिए । प्रहरीले नवजात शिशुको उद्धार गरेर भरोसा सामुदायिक अस्पतालमा उपचार गराएको छ । बच्चा जन्माएर फाल्ने महिलाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !