प्रधानमन्त्री समक्ष महासंघ सिन्धुलीको ८ बुंद्धे माग
http://sindhulidarpan.blogspot.com/2012/10/blog-post_4.html
पोष्टराज पहाडी,
सिन्धुली,असोज १८।
पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति सिन्धुलीले प्रधानमन्त्री समक्ष विभिन्न माग सहित बुधबार ज्ञापन पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी केशव आचार्य मार्फत बुधबार प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।
महासंघले पेश गरेको ज्ञापन–पत्रमा कृषी क्षेत्रमा लगानी विस्तार, पर्याप्त सिंचाई तथा मलखादको व्यवस्था गरि खाद्य उत्पादनमा वृद्धि गर्ने नीति अबलम्बन गरिनुपर्ने, सर्वसाधरण जनतालाई पर्याप्त खानेपानीको व्यवस्था गरिनुपर्ने, शिक्षा क्षेत्रमा भइरहेको व्यापारिकरण अन्त्य गरी निशुल्क र गुणस्तरिय शिक्षाको अधिकार स्थापीत गरिनुपर्ने, आवासहिन तथा भूमीहिन जनतालाई भूमी तथा आवाशको व्यावस्था गरिनुपर्ने माग रहेको छ ।
यसैगरि महासंघले सर्वसाधरण जनतालाई औषधी र स्वास्थ्य सुविधाको ग्यारेण्टी गरिनुपर्ने, सार्वजनिक संस्थाहरुको निजिकरण गर्ने निति अन्त्य गरि रुग्ण उद्योगहरुको पुनरुत्थान गरि रोजगारी र सेवा विस्तार गर्ने निति अवलम्बन गरिनुपर्ने, उत्पादनशिल क्षेत्रमा लगानी वृद्धि गरी बढ्दो गरिबी अन्त्य गरिनुपर्ने तथा बढ्दो भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासन कायम गरिनुपर्ने लगायतका आठ बुंद्धेमाग प्रधानमन्त्रि समक्ष राखेको छ ।
महासंघका अध्यक्ष फाल्गुणी शर्मा तिमल्सीनाको नेतृत्वको टोलीले सो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको हो । महासंघले आफुहरुले राखेका मागहरुलाई सरकारको निति तथा कार्यक्रम मार्फत सम्बोधन गरिनुपर्ने बताएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !