सिन्धुलीमा भयो नमुना विवाह



पोष्टराज पहाडी,
सिन्धुली,असोज १८ । 

६ वर्ष पहिले आफ्नो पतिको मृत्यु भएपछि एक्लो महसुश गर्दै  आएकी सिन्धुली कमलामाई नगरपालीका ७ गडौली घर भएकी ज्ञानुमाया चौहान अर्को विवाह गरेपछि दंग भएकी छिन् । 
३९ वर्षीय ज्ञानुमाया चौहानले बुधबार सिन्धुली कमलामाई नगरपालीका ६ शीवनगर घर भएका ५५ वर्षीय कुल बहादुर कार्कीसँग विवाह बन्धनमा बाधिएकी हुन् । ‘उहाँको पनि श्रीमती हुनुहुन्न, एक्लै हुनुहुन्छ,’ ज्ञानुमायाले भनीन–‘त्यसैले मैले पटक–पटक विवाह गरौ भन्दै आएकी थिए । अन्तत उहाँले आज आएर मलाई आफ्नो पत्नी बनाउनुभएको छ यसमा खुशी छु ।’ उनले आफ्नै हातले ८० रुपैयाँको सिन्दुर र पोते किनेर कार्की समक्ष सिन्दुर लाएकी हुन् । उनि खुशी हुदै भनिन्–‘ मेरै पैसाले सिन्दुर अनि पोते किनेर ल्याएर लगाइदिन आग्रह गरे । धेरै  खुशी भएकी छु । मैले नयाँ जिवन पाएकी छु ।’
जिल्लाको जरायोटार गाउ विकास समिती स्थित डुम्रे माइती भएकी ज्ञानुमायाका अहिले ३ छोरा छोरी छन् । उनको जेठो छोरो १७ वर्ष भएको छ । छोराले पनी विवाह गरिसकेको छ । साथमा उनका १५ र १० वर्षका छोरीहरु पनि छन् ।


ज्ञानुमायाले भनीन् –‘पति वितिसकेपछि छोराले पनि आफुखुसी विवाह ग¥यो, अन्त्यमा मलाई हेर्ने कोहि हुदैनन् जस्तो लाग्यो त्यहि भएर  मैले पनि साहारा खोजे र अर्को विवाह गरे ।’
यसैगरि कुल बहादुर कार्कीको पनि २ वर्ष पहिले श्रीमती वितिसकेकी छन् । उनका साथमा ३ छोरा, १ छोरी र ३ जना नातिनातिनाहरु रहेका छन् । कार्कीको जेठो छोरो ३३ वर्ष, माइलो छोरो २८ वर्ष  कान्छो छोरो २२ वर्षको छन् । साथै उनका छोरीको समेत विवाह भइसकेको छ । 
कार्की र चौहानका विच भएको विवाह एक उदाहरणीय भएको नेपाल बार एसोसीयसन सिन्धुलीका अध्यक्ष प्रेम चन्द्र दाहालले बताउनुभयो । ‘हाम्रो समाजका लागि यो विवाह उदाहरणीय विवाह हो,’ दाहालले भन्नुभयो । सो विवाह कुनै मन्दिर तथा यज्ञमा नभई एक फलफुल पसलमा  केहि मानीसको उपस्थितीमा सम्पन्न भएको थियो । 


Related

फोटोखबर 5453608867260738332

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item