दस जुवाडे पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/10/kauda.html
रौतहत, कात्तिक २ ।
रौतहट जिल्लाको गरुडा बैरीयाबाट प्रहरीले जुवा खेलीरहेका दस जनालाई खालबाटै पक्राउ गरेको छ । स्थानीय गरुडा बैरीया–६ स्थित बिरा साहको घरमा बुधबार राति ११ बजे छापा मारेर गरुडा प्रहरीले तास, कौडा तथा नगद बरामद गरेको जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले पैतालीस हजार नगद, ६ थान मोबाइल सेट, तास तथा कौडा खेलाउने सामान बरामद गरेको छ । दसैं र तिहार नजिकिदै जाँदा रौतहटमा व्यवसायिक रुपमा जुवा तास खेलाउने क्रम बढे पछि नियन्त्रण गर्न प्रहरीले छापा मारेको जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !