भारत लैजादै गर्दा सिन्धुलीका दुई किशोरीहरुको उद्धार



कृष्ण अधिकारी ,चीना थापा,
सिन्धुली,कात्तिक ३ । 

बैदेशिक रोजगार उद्धार नेपाल सिन्धुलीले वैदेशिक रोजगारीको प्रलोभनममा पारेर भारत लैजादै गरेका २ जना किशोरीहरु उद्धार गरि आफन्तलाई बुझाएको छ । उद्धार गरेर सिन्धुली ल्याइएका बेलघारी ३ की परिवर्तित नाम (रेणुका मगर) र भिमस्थानकी (हिरा मगर) लाई कनपा –७  शिबनगर कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफन्तलाई बुझाइएको हो । दुई हप्ता
अघि इन्द्रमाया गुरुङ् र दिलमाया लिम्बुले काठ्माडौबाट रोजगारीको प्रलोभन देखाई साउदी पठाईन्छु भनि भारत लैजान लागेको बेला झापाको काकरभिट्टाबाट माईती नेपालले उद्धार गरेर घर पठाएपनि आफुहरुलाई घर आउन नदिएर भारतको सिमानामा पु¥याएको पीडित किशोरीहरुले बताएका छन् ।
घर जान्छु भन्दा तिमीहरुलाई होटलमा राखेर ख्वाएको पैसा कस्ले तिर्छ, भन्दै उनिहरुले गाडिभाडा सतिको ४० देखि ६० हजारसम्म पैसा मागेर घरपरिवारलाई पनि गरी खान दिन्न भनेर धम्क्याउने गरेको पीडित रेणुका मगरले गुनासो गरीन् । आफुहरुको मोबाईल र नागरिकता पनि खोसेर नदिएको उनीहरुको भनाई छ । 

माईती  नेपालले घर पु¥याइदिनु भनेर छोडेपछि उनीहरुलाई फेरी मोरङ्गको उर्लाबारी पु¥याएपछि आफु भागेको रेणुका मगरले बताउनुभयो । मगर आफु भागेर आएपछि हिरा मगरको आफन्तजनलाई खबर गरेपछि आफन्तले बैदेशिक रोजगार उद्धार नेपालमा निवेदन दिएपछि १८ घण्टा भित्र नै पीडितलाई उद्धार गरिएको बैदेशिक रोजगार उद्धार नेपाल सिन्धुलीका विष्णु हमालले जानकारी दिनुभयो ।

Related

स्थानिय 3763096572653197366

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item