अरनिको राजमार्गमा प्रहरीले सवारी जाँच कडा पा¥यो

http://sindhulidarpan.blogspot.com/2012/10/road_19.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक ३ ।
अरनिको राजमार्गमा प्रहरीले कडाइका साथ यात्रुबाहक बससँगै अन्य सवारी साधनको जाँच गर्न थालको छ । दशैँको मौका छोपेर तस्करहरुले अवैध मालसमान ओसारपसार गर्न सक्ने भन्दै राजमार्गको सुरक्षा स्थिति बिग्रन नदिन सवारी जाँचलाई कडा पारिएको काभ्रे प्रहरी प्रमूख (एसपी) गीता उप्रेतीले बताउनुभयो । सबै खाले गाडीहरुमा गरिएको कडा जाँचका कारण यात्रुहरुलाई भने समस्या हुने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
तत्कालीन माओवादीको द्वन्दको बेला जस्तै लामो लाइन लगाएर जाँच गर्ने गरेकाले समस्या परेको यात्रुहरुको भनाइ छ । राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाहरुको प्रमुख नाका भक्तपुर चेक पोष्टमा सिसिटिभी जडान गरिएको छ भने काभ्रेको धुलिखेल र पाँचखालमा थप प्रहरी परिचालन गरी नियमित जाँच गरिन थालिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको बन्देउमा जनपथ प्रहरी र अधेँरीमा सशस्त्र प्रहरीले सवारी चेकजाँचलाई तिब्रता दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सुजनराज भण्डारीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !