सर्लाहीमा झाडापखला




सर्लाही,कात्तिक ४ । 

सर्लाहीको हेमपुर गाउँमा दर्जनौ ब्यक्ती झापखालाबाट प्रभावित भएका छन् । विरामीहरुमा बान्ता हुने,झाडापखाला हुने र पाँच बर्ष मुनीका बालबालिकाहरुमा  रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएको हेमपुर गाउँका उपस्वास्थय चौकी प्रमुख सरोजकुमार यादवले बताउनुभयो । झाडापखालाबाट २८ जना प्रभावित भएका छन् । 

गाउँमा झाडापखालाका विरामीको संख्या बढेपछि जिल्ला जनस्वास्थय कार्यालय मलंगवाले टोली समेत परिचालन गरेको  छ । गाउँलेहरुले खुला इनारको पानी खाने गरेको र खुला दिशापिसाव गरेको कारणले झाडापखाला लागेको हुन सक्ने  उपस्वास्थय चौकी प्रमुख सरोज कुमार यादवले बताउनुभयो ।

Related

स्थानिय 157385381710747143

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item