विदेशी लगानीमा नयाँ विद्यालय भवन बनेपछि साँगाचोक बासी खुशी




प्रकाश सुन्दास,
काभ्रे ,कात्तिक १२ । 
सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाविस वडा नम्बर–७ मा रहेको रामदेवी माविमा सुविधा युक्त नयाँ विद्यालय भवन निर्माण भएपछि विद्यार्थी, शिक्षक र अभिभावक निकै खुशी भएका छन् । जर्मनको हिल्फे नामक एक गैरसरकारी संस्था र अष्ट्रेलियाका नागरिक फिओ फिष्टेको एक करोड १२ लाख ७ हजार १ सय ९३ रुपियाँ लगानीमा १२ कोठे पक्की भवन निर्माण भएपछि स्थानीयहरु खुशी भएका हुन् । विद्यालयमा अहिले ३ सय ९५ जना विद्यार्थी अध्यनरत गरिरहेका छन् । यसअघि भवन अभाव पठनपाठनमा निकै समस्या हुदैँ आएको विद्यालयले जनाएको छ । 

Related

विविध 6584288903915200804

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item