एकीकृत माओवादीले यस्तो निर्णय ग¥र्यो

http://sindhulidarpan.blogspot.com/2012/10/news_28.html
काठमाण्डौ,कात्तिक १२ ।
एकीकृत नेकपा माओवादीले राजनीतिक सहमति, आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा विभिन्न निर्णयहरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लैजाने आगामी कार्ययोजनासहित तीनवटा निर्णय लिएको हो । पार्टीलाई रुपान्तरण गर्ने सन्दर्भमा अध्यक्ष प्रचण्डले अब सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी बहन गर्नुहुने माओवादीले जनाएको छ । त्यसैगरी, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास योजना र अर्थ विभागको जिम्मेवारी सम्हाल्नु हुनेछ । अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुशासन फाँटको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । बैठकले महाधिवेशन तयारी समितिको बैठक आगामी मङ्सिर ६ गते बोलाउने निर्णयसमेत गरेको छ । तयारी समितिको बैठकअघि नै दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बैठकले राष्ट्रिय सहमति निर्माण गरेर अहिलेको राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गरी निकास निकाल्न दलहरुबीचको वार्ता र छलफललाई गम्भीर महत्वका साथ तीव्रता दिने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वार्ता र छलफल अहिले निर्णायक टुङ्गोमा पुगिनसकेकाले दलहरुबीचको सहमतिका लागि छलफल र संवादलाई तीव्रता र निर्णायक बनाउनु पर्ने निष्कर्ष बैठकको छ । ठूलो पार्टीको हैसियतले आफ्नै पार्टीको नेतृत्वमा नयाँ निर्वाचनका लागि यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नु उचित हुने बैठकपछि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !