तिहार अघिनै सहमति गरिने :नेताहरू


काठमाण्डौ,कात्तिक ११ । 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच वर्तमान राजनीतिक सङ्कटको निकास र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच तिहारअघि नै राजनीतिक सङ्कटको निकास दिन प्रयास गर्ने सहमति भएको छ । संसद्को पुनःस्थापना गरेर सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने, यदि त्यो सम्भव नभए सहमति बनाएर ताजा जनादेशमा जाने विषयमा उहाँहरुबीच छलफल भएको थियो । भेटवार्तामा अध्यक्ष प्रचण्डले सम्भव भएसम्म संसद् पुनःस्थापना गर्ने र यदि त्यसो नभएमा ताजा निर्वाचनमा जानेलगायतका विषय समेटिएको लिखित प्रस्ताव प्रस्तुत गर्नुभएको बुझिएको            छ । छलफलपछि अध्यक्ष खनालले संविधानसभाको पुनःस्थापना र नयाँ जनादेशका लागि निर्वाचनमा जाने विषय अहिले आधा–आधा जस्तो रहेको र यो विषयमा आफ्नो पार्टीमा पनि छलफल गरिने बताउनुभयो । 
यसैबीच अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आज उहाँकै निवास कोटेश्वरमा भेटवार्ता गुर्नभएको छ । भेटवार्तामा उहाँहरुबीच वर्तमान राजनीतिक निकासका लागि संविधानसभाको पुनःस्थापना र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा छलफल भएको थियो । भेटपछि पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले अहिले विशिष्ट परिस्थिति रहेकाले सहमति गरेर ताजा जनादेशमा जानुपर्दछ भन्ने विषयमा आफूले जोड दिएको बताउनुभयो । 

Related

राष्ट्रिय 3231512336956033357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item