अरुको नेतृत्व स्किार्दैनौ : बैद्य

http://sindhulidarpan.blogspot.com/2012/10/news_22.html
काठमाडौ, कार्तिक ६ ।
नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले बैद्य निवास मनमैजुमा गरेको विशेष साक्षात्कारमा उहाँले भन्नुभयो –नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै काग्रेससहितकाको कसैको पनि नेतृत्व हामी मान्दैनौ । हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नु पर्छ । यो हाम्रो दावी हो । कसैलाई टिको लगाएर दिन सकिदैन ।
साक्षात्कारमा अध्यक्ष बैद्यले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले काग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकोले समस्या समाधान नभएको दावी गर्दै सरकारलाई नै केन्द्रमा राख्दा सम्म सहमति बन्नै नसक्ने ठोकुवा गर्नुभयो । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उहाँले अहिले दलहरुवीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरुवीच छलफलको आवश्यकतामा जोड दिनुभयो । संविधानसभाको पुनःस्थापना र निर्वाचन दुबै विकल्पमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अन्र्तबस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नु पर्ने उहाँको प्रस्ताव थियो ।
गोलमेच सम्मेलनको अडान ब्यक्त गर्दै आएका उनले यसकोलागी सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुवीच छलफल हुनु पर्ने नयाँ प्रस्ताव गर्नुभयो । यद्यपि उहाँले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकोले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयूक्त हुने धारणा राख्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !