रमौली परिवारको जमारा घरमा आगलागी

http://sindhulidarpan.blogspot.com/2012/10/news_4530.html
कृष्ण अधिकारी,
सिन्धुली, कार्तिक ७ ।
सिन्धुलीको जरायोटार गाविस वडा नं ७ स्थित जमराघरमा आगलागि हुदा १ लाख २५ हजार बराबरको क्षती भएको छ । गएराति ११ बजे आगलागि भएको आगलागिबाट ५ थान मोवाइल, तरवार, खुडा लगाएत १५थान हतियार, ५ थान ब्ल्याङकेट, २ थान राडी, १ थान दरी, २ थान तन्ना, लागएत अन्य सामान जलेर नष्ट भएको स्थानीय ध्रुव रमौलीले जानकारी दिनुभएको छ । १५ घर रमौलीहरुले समुहीक रुपमा राखेको जमराघरमा पुजाआरधना गर्ने क्रममा आगलागि हुदा भएको रमौलीले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !