सिन्धुलीवासी जोखिमपुर्ण यात्रा गर्न वाध्य

http://sindhulidarpan.blogspot.com/2012/10/travelling_28.html
विदुर पौडेल,
सिन्धुली,कार्तिक १२ ।
यातायात व्यवासायी र प्रहरी प्रशासनको मिलेमतोले गर्दा सिन्धुलीवासी जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन । सिन्धुलीबाट संचालन हुने यात्रुवाहक सवारी साधन छतमा यात्रु राखेर हिड्दा पनि प्रहरी प्रशासन लाचार बनेको यात्रुहरुले आरोप लगाएका छन ।
सिन्धुलीवसपार्क हुदै बाहिरिने तथा भित्रिने अधिकाशं यात्रुवाहक सवारी साधानले जिल्ला प्रहरी कार्यालय अगाडीवाट नै छतमा यात्रु राखेर यात्रा गराउदा समेत प्रहरी मौन रहनुले प्रहरी प्रशासनको मिलेमतो हुन सक्ने भन्दै स्थानीयले आरोप लगाएका हुन् ।
दशैको वेलामा यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायातका साधनमा कुनै कमी हुन नदिने व्यवसायीहरुले प्रतिवद्धता जनाएका थिए, तर यातायात व्यवसायीको प्रतिवद्धता देखावटी मात्र भएको यात्रुहरु वताउछन् । व्यवसायीहरुले भने त्यस्तो नरहेको जिकिर गरेका छन् । उनिहरु भन्छन् यात्रुको चापलाई मध्यनजर गर्दै यातायातको साधन थपेका छौ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !