एमालेको पत्रकार सम्मेलन दिउँसो
http://sindhulidarpan.blogspot.com/2012/10/uml.html
काठमाण्डौ,असोज १८ ।
नेकपा एमालेले आफ्ना केही जनजाति नेताहरुले पार्टी छोडेको घोषणा गर्ने तयारी गरेको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
दिउँसो १ बजेपछि पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट केही जनजाति नेताहरुको माग र उनीहरुले पार्टी छोड्न लागेको बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।
भोलि राजधानीमा गर्न लागिएको जनप्रदर्शनको बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !