सञ्चारकर्मी पौडेलले वेपत्ता हुनु सुनियोजित



ताप्लेजुङ,असोज १८ । 

ताप्लेजुङका सञ्चारकर्मी तथा रेडियो तमोरका प्राविधिक मदन पौडेल वेपत्ता हुनु रहस्यमय र सुनियोजित हुन सक्ने नेपाल पत्रकार महासंघको छानविन समितिले प्रारम्भिक निस्कर्ष निकालेको छ । गत भदौ ३१ गते साँझ ताप्लेजुङको फुलबारी गाविसदेखि वेपत्ता हुनु भएका सञ्चारकर्मी पौडेलको आठ दिनपछि मोवाईल र पर्स भेटिएको थियो । अनुसन्धान टोलीले  सञ्चारकर्मी पौडेल वेपत्ता हुनु आत्माहत्या नभई रहस्यमय र सुनियोजित हुनसक्ने सक्ने अनुमान गरेको छ ।  

पौडेल वेपत्ता भएको १९ दिन वितिसक्दासमेत प्रहरीले घटनालाई हलुका रुपमा लिएको महासंघको छानविन समितिको निश्कर्ष निकालेको छ । टोलिले पीडित परिवार, पत्रकार, दलका प्रतिनिधि र प्रहरी प्रशासनसँग छलफल गरी घटनास्थलकोसमेत अध्यायन गरेको छ । सम्पुर्ण विषयको अध्यायनपछि हिजो साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी समितिले घटनाको संक्षिप्त निस्कर्ष सञ्चारकर्मी सामु प्रस्तुत गरेको थियो ।

Related

विविध 7720630049578332969

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item