चार जिल्लामा रसायनिक मलको अभाव




प्रकाश सुन्दास, 
काभ्रे,असोज १८ । 

राजधानी पूर्वका चार जिल्लामा रसायनिक मलको अभाव भएको छ । काभ्रेसहित सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका किसानहरुलाई रसायनिक मल विक्री वितरण गर्ने जिम्मा पाएको काभ्रे सदरमुकाम धुलिखेलमा रहेको कृषि सामग्री कम्पनीमा आवश्यकता अनुसार मल नभएपछि अभाव भएको हो । युरिया मल सिमित मौज्दात रहेपनि डिएपी मल एक बोरा पनि मौज्दात नरहेको कम्पनीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको जिल्ला स्तरीय मल आपूर्ति समितिले चार जिल्लाका लागि यो सिजनमा ७ हजार टन युरिया र ५ हजार टन डिएपी मल आवश्यक पर्ने प्रतिवेदन कम्पनीलाई बुझाएको छ । तर दशैपछि मात्रै किसानहरुको माग पूर्ति गर्न सकिने कम्पनीका निमित्त प्रबन्धक हरिप्रसाद ढकालले बताउनुभयो । काभ्रेको पाँचखाल, खोपासी, नाला लगायतका क्षेत्रमा आलु लगाउने मौसम सुरु हुन थालेपछि मलको अत्याधिक माग भएको र नियमित विवरण गर्न निकै समस्या भइरहेको प्रबन्धक ढकालले बताउनुभयो । सरकारले सहरकारी मार्फत मल वितरण प्रणाली ल्याएपछि किसानहरुले बढी सस्ती खेप्नु परेको छ ।


Related

प्रमूखखबरहरु 9137481682611210940

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item