स्थानियद्धारा सिन्धुलीको डकाहा वजार वन्द
http://sindhulidarpan.blogspot.com/2012/11/blog-post.html
विदुर पौडेल,
सिन्धुली,कार्तिक १७ ।
स्थानीय तीन युवालाई विना कारण प्रहरीले नियन्त्रणमा लिएको भन्दै सिन्धुली स्थित डकाहाका स्थानीयवासीले वजार वन्द गराएका छन । पक्राउ पर्नेमा सिथौली १ का राजेश चौधरी,प्रकाश कुमर र किरण थामी रहेको छन । हिजो धमाका युवा क्लव खुट्टेपानीले आयोजना गरेको फुटवल प्रतियोगितामा डकाहाका खेलाडी र रेफ्रिविच विवाद भएपछि स्थानीयले आक्रमणको प्रयास गर्दा सुरक्षाको लागी भन्दै प्रहरी कार्यालयमा पुगेका उनीहरुलाई डकाहा प्रहरीले थुनामा राखी राती नै जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै उनीहरुले आज बजार बन्द गराएको वताएका छन ।
समान्य विवादलाई स्थानीयस्तरमै मिलाउन सकिने भएपनि प्रहरीले विवादलाई ठुलो वनाउन खोजेको उनिहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले भने पक्राउ परेका खेलाडीहरुले निपाने ५ का रेफ्री रामेश्वर अधिकारीमाथी कुटपिट गरि घाईते वनाएकाले पक्राउ गरेको वताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !