सिन्धुलीवाट चल्ने ५ साना सवारी कारावाहिमा
http://sindhulidarpan.blogspot.com/2012/11/blog-post_2.html
विदुर पौडेल,
सिन्धुली,कात्तिक १७ ।
सिन्धुलीबाट विना स्विकृती संचालन हुदै आएका ५ वटा साना सवारी साधन कारवाहीमा परेका छन । प्रहरीको गस्ती टोलिले सिन्धुलीबाट काठमाडौको लागी यात्रु लिएर हिडेको ४ वटा नीजी सवारी साधनलाई पक्राउ गरेको छ भने क्षमता भन्दा वढी यात्रु बोक्ने १ वटा बोलेरो जिपलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईका अनुसार ८ जनाको क्षमता भएपनि १० जना यात्रु बोकेर हिडेकाले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । त्यस्तै ४ वटा नीजी सवारीले भाडाको यात्रु बोक्ने गरेकोले नियन्त्रणमा लिएको वताउनुभयो । क्षमता भन्दा बढी यात्रु बोक्ने,छतमा यात्रु राख्ने र स्विकृती विनै संचालन भएका सम्पूर्ण सवारीमाथी कारवाही गरिने पनी उहाँले वताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !