अठारौं राष्ट्रिय कन्डम दिवस मनाईदै
http://sindhulidarpan.blogspot.com/2012/11/condom-day.html
काठमाण्डौ,कात्तिक १८ ।
‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज अठारौं राष्ट्रिय कन्डम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र तथा राष्ट्रिय कन्डम दिवस समन्वय समितिका अनुसार आज यस अवसरमा राजधानीलगायत विविभन्न जिल्लामा विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज तथा सञ्चार माध्यमको सक्रिय सहभागितामा सडकनाटक, निःशुल्क कन्डम वितरण स्टलबाट कन्डम वितरण जस्ता कार्यक्रम दिवस मनाइँदै छ ।
नेपालमा कन्डमको सहज उपलब्धता र पहुँच बढाउने अभियानलाई सशक्त बनाउन २०५२ सालदेखि राष्ट्रिय कन्डम दिवस मनाउन थालिएको हो । अहिलेसम्मा विश्वमा तीन करोडभन्दा बढी मानिसहरू एचआइभी र एड्स भएर बाँचिरहेको र नेपालमा करिब ५० हजार मानिसमा यसको सङ्क्रमण भएको अनुमान गरिएको छ । नेपालमा करिब ८५ प्रतिशत एचआईभी सङ्क्रमण कन्डमबिना गरिने यौन सम्पर्कको कारण सरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !