कारको ठक्करबाट महिलाको ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2012/11/death_3.html
पोखरा,कात्तिक १८ ।
पोखराको न्यरोडमा हिजो साँझ चालकको लापरबाहीका कारण कारको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । कारले ठक्कर दिँदा पोखरा १७ बीरौटाकी ४० वर्षीय हिरा गुरुङको मृत्यु भएको हो । कारको ठक्करबाट सडकमा गुड्दै गरेका र रोकी राखेका आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ ।
पोखरा उपमहानगरपालिका कार्यलय नजिकै कारले एकपछि अर्को गर्र्दे ठक्कर दिँदा पोखरा १७ विरौटा बस्ने ३५ वर्षका युवराज मिश्र, पोखरा १७ का २० वर्षीया शर्मिला पोखरेललगायतलाई घाइते बनाएको छ । घाइतेहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । ग १ च ७९६० नम्वरको प्राईभेट कारले बा.२३ प. ६६४०, ग.५.प. ९००९ लगायतका गरी ६ वटा सवारी साधनलाई ठक्कर दिँदा मोटरसाईकलहरुमा सवार पाँच जना घाइते भएका छन् । कार चालक कास्की लेखनाथ नगरपालिका ४ बस्ने कल्याण अधिकारी भएको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !