नेकपा एमाले दोलखाको अन्तर जिल्ला भ्रमण सुरु
http://sindhulidarpan.blogspot.com/2012/11/uml.html
राजेश भुजेल,
दोलखा,कात्तिक १८ ।
नेकपा एमाले दोलखा र विभिन्न जिल्लाका कमिटिबीच सम्बन्ध तथा सम्पर्क बढाउने उद्धेश्यका साथ आजदेखि नेकपा एमाले दोलखाले अन्तर जिल्ला भ्रमण सुरु गरेको छ । एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ्गको अध्यक्षतामा हुने भ्रमण कार्यक्रम बारे आज एमालेले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङ्गले कार्यक्रममा १३ जिल्लाको भ्रमण गरिने र ४० जिल्ला कमिटि सदस्यसहित ५० जना सहभागी हुने जानकारी दिनुभयो ।
राजनितिक, साँगठनिक, विकास अनि पर्यटनलगायतको अनुभव आदनप्रदान गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको नेकपा एमाले प्रतिनिधि परिषद सदस्य शिव प्रसाद भण्डारीले जानकारी दिनुभयो । आज विहान ७ बजे पत्रकार सम्मेलनका साथमा नेकपा एमालेका पोलीट व्यूरो सदस्य पशुपती चौलागाईँ र नेकपा एमाले प्रतिनिधि परिषद सदस्य शिवप्रसाद भण्डारीले औपाचारीक विदाइ गरी भ्रमणका लागि प्रस्थान गर्ने बताइएको छ । आज केन्द्रिय कार्यालय बल्खु हुँदै धादिङ, तनहुँ, कास्की, पोखरा, पर्वत बाग्लुङ हुँदै मुस्ताङको मुक्तिनाथ क्षेत्रसम्म पुग्ने कार्यक्रम छ । अध्ययनको क्रममा विभिन्न जिल्ला कमिटी सँग बसेर छलफल र अनुभव आदान प्रदान गरिने छ


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !