सिन्धुलीमा पशुलाई कृतिम गर्भधान गराउने बढे
http://sindhulidarpan.blogspot.com/2012/11/sindhuli.html
चीना थापा,
सिन्धुली,कात्तिक १८ ।
सिन्धुलीका किसानहरु पछिल्लो समयमा कृतिम गर्भधानतर्फ आकर्षित भएका छन् । कृतिम गर्भधान गर्दा गाई भैँसीले बढी दूध दिने भएकाले आफूहरु कृतिम गर्भधानतर्फ आकर्षित भएको किसानहरुले बताएका छन् । जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ७ सयको लक्ष्य राखिएकोमा ७ सयभन्दा बढी कृतिम गर्भधान गरिएको छ ।
यस आर्थिक वर्षमा दुई हजार लक्ष्य राखिएकोमा अहिलेसम्म दुई सय ९१ वटा गाई भैसीलाई कृतिम गर्भधान गरिएको जिल्ला पशुसेवा कार्यालय सिन्धुलीका पशु स्वास्थ्य प्राविधिक नबरान थापाले जानकारी दिनुभयो । विषश गरी कमलामाई नगरपालिका, भद्रकाली, भिमान, भिमस्थान, माइस्थान, डाडीगुरासे लगायतका किसानहरुले गाई भैसीलाई बढी मात्रामा कृतिम गर्भधान गराउने गरेकोसमेत थापाले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !