प्रतिक्विन्टल उखुको मुल्य ६ सय १५ रुपैयाँ माग गरिने किसानको निर्णय
http://sindhulidarpan.blogspot.com/2012/11/farm.html
रुपवहादुर विश्वकर्मा,
सर्लाही,कात्तिक १७ ।
यसवर्ष उखुको मुल्य प्रतिक्विन्टल ६ सय १५ रुपैयाँ माग गरिने भएको छ । सर्लाहीको हरिवनमा सात जिल्लाका उखु किसान प्रतिनिधिहरुको भेलाले मुल्य तोकेको हो । उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार सर्लाही, रौतहट, महोत्तरी, बारा, मोरङ, सुनसरी र नवलपरासी जिल्लाका उखु किसानका प्रतिनिधीहरुबीच भएको छलफलले उखुको मूल्य ६ सय १५ रुपैयाँ माग गर्ने निर्णय हो ।
तर बैठकमा सहभागी सर्लाहीका उखु किसान सम्बद्ध चारवटा संघ संगठनका प्रतिनिधीहरुले भने यो मूल्य उद्योगपतिलाई फाइदा गराउने प्रकारको भएको भन्दै आपत्ति जनाएका छन् । किसान हकहित संरक्षण समिति, कृषक अधिकार महासंघ, उखु उत्पादक किसान विकास समाज र मिलगेट उखु उत्पादक समितिले निर्णयप्रति असहमति राखेको हो । उनीहरुले भने ६ सय २५ रुपैया प्रतिक्वीन्टल भन्दा कम माग गर्न नहुने बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !