मलेसिया पुगेका अमर विकको हत्या जातिय विभेदकै कारण भएको परिवारको दाबी



दैलेख,कात्तिक १७ । 
कामका लागि मलेसिया पुगेका दैलेखका दलित युवकको जातिय विभेदकै कारण हत्या भएको विकका परिवारले आरोप लगाएको छ । दैलेख जिल्ला जगनाथ गाविस वडा नंम्बर ५ का २७ वर्षीय अमर विकको यहि कात्तिक ८ गते दशैंको टिकाको दिन हत्या भएको हो । घरबाट सँगै मलेसिया पुगेका आफ्नै छिमेकी दीपक शाहीले आक्रमण गरेर हत्या गरेको मृतकका भाई नर्तम बिकले जानकारी दिनुभयो । 

मलेसीयाको जोरबारु ताम्पोयीमा गेलवान टेक्नोलोजी कम्पनीमा काम गरिरहेका विकसँग दीपकले जातका विषयमा पनि विवाद गर्ने गरेको र विवादकै क्रममा हत्या भएको विकको परिवारको दाबी छ । हत्याका आरोपी दीपकलाई मलेसिया प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ । यसैबीच मलेसिया जान डेढ लाख रुपैयाँ ऋण लिएर गएका विकको परिवारलाई पैसा कसरी तिर्ने भन्ने चिन्ता परेको छ । ब्याजसहित अहिले ऋण सवा २ लाख पुगेको मृतकका बाबु बिर्खे विकले बताउनुभयो ।


Related

विविध 8299558761344818427

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item