२६ छात्रामा मासहिस्टेरिया



सिन्धुपाल्चोक, कात्तिक १७ ।
सिन्धुपाल्चोक जिल्लामा मासहिस्टेरिया रोगका कारण मांखा–७ स्थित कुपकन्या माध्यमिक विद्यालयका २६ जना किशारी विरामी भएका छन् । विद्यालयको शैक्षिकशत्र शुरु भएदेखि नै प्रत्येक दिनजसो किशोरीहरु विरामी हुन थालेका हुन् । विद्यालयमा पाँच कक्षा भन्दामाथिका विद्यार्थीमा मासहिस्टेरिया देखा परेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले जानकारी दिए । उहाँले भन्नुभयो, ‘विरामी हुनेहरुको उमेर १२ बर्ष भन्दा बढी छ ।’

छात्रा शुरुमा छटपटाउने, मुर्छा पर्ने, काम्ने र बेहोश हुने गरेका छन् । यो क्रम हरेक दिन दिउँसो १२ बजेदेखि १ बजेसम हुने गरेको नेपालले जानकारी दिनुभयो । विद्ययार्थीको अवस्था बारे अविभावकलाई जानकारी गराउँदा उनीहरुले कुनै चासो नदेखाएको प्रधानाध्यापक नेपालको गुनासो छ । बिरामीको संख्या दिनानुदिन बढे पनि नियमित रुपमा पठनपाठन सञ्चालन भईरहेको विद्यालयले जनाएको छ । रोगको प्रकोप बढे पनि स्वास्थ्य कार्यालयले कुनै चासो दाखाएको छैन । बिहीबार मात्रै दश जना छात्रा बिरामी भएका थिए ।

Related

राष्ट्रिय 8628349957758050191

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item