मधेसी जनअधिकार फोरमका महतोद्धारा आमामाथी निर्घात कुटपिट
http://sindhulidarpan.blogspot.com/2012/11/news_2.html
सिरहा,कात्तिक १७ ।
मधेसी जनअधिकार फोरम नेपाल सिरहा क्षेत्र नम्वर १ का क्षेत्रिय अध्यक्ष तथा जिल्ला सदस्य रामचरित्र महतोले आफ्नै सानी आमालाई निर्घात कुटपिट गरि घाईते बनाएका छन् । सिरहाको असनपुर ६ निवासी पीडित मुर्ती महतोसँग रहेको विद्यानगरको १० कठ्ठा जग्गा रामचरित्र महतोले ललाईफकाई गरेर आफ्नो नाममा राखी खानापिनलगायत सबै व्यवस्था गर्ने भन्दै आएका थिए ।
भने अनुसार नगरेर जग्गा ठगेको थाहा पाएपछि पीडित मुर्तिदेवी महतो फिर्ताको माग गर्दा रामचरित्र र उहाँका बुवा जितन महतोले उल्टै निर्घात कुटपिट गरेको पीडित महतोको भनाइ छ । कुटपिटबाट महतोको टाउकोमा चोट लागेको छ । रामचरित्र महतोले शोषण गरेका कारण अहिले पीडित महतो स्थानिय बोर्डिङ् स्कूलमा काम गर्दै गुजारा गरिरहनु भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !