रामेछापमा नागरिकता र राहदानी बनाउनेको भिड
http://sindhulidarpan.blogspot.com/2012/11/ramechhap_2.html
सन्तोष ढुङ्गेल,
रामेछाप,कात्तिक १७ ।
दशैं र तिहारको बिदामा घर आएकाहरुको जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता तथा राहदानी बनाउन भिड लाग्ने गरेको छ । दशैं बिदा सकिए लगत्तै कार्यालयमा सेवाग्राहीहरुको भिड लाग्न शुरु गरेको हो । दशैंमा जिल्ला बाहिरबाट घर आएकाहरु आफ्नो काम एकै पटक सकेर फर्कनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा पुग्ने गरेका छन् । कार्यालयमा अधिकांश सेवाग्राहीहरु नागरिकताको प्रमाणपत्र र राहदानीको सिफारिसका लागि आउने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । दशैंपछि कार्यालय खुल्ना साथ दैनिक ३ सय भन्दा बढी सेवाग्राहिहरु कार्यालयमा पुग्ने गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !