व्याकुल माइला कप रनिङ शिल्ड फुटबलको उपाधी उदयपुरलाई
http://sindhulidarpan.blogspot.com/2012/11/football.html
झलक कार्की,
ओखलढुंगा, कात्तिक २१ ।
ओखलढुङ्गामा सन्चालन भइरहेको ‘व्याकुल माइला कप’ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब उदयपुर कटारीले हात पारेको छ । लिग चरण अन्तर्गत आज भएको फाइनल खेलमा आयोजक नयाँ नेपाल सरोकार समाज सोक्माटार थाक्लेलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै कटारीले उपाधि जितेको हो । आयोजक नयाँ नेपाल सरोकार समाजले भने दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । त्यस्तै मानेभञ्ज्याङ युवा क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।
उपाधिसँगै कटारीले ५० हजार नगदसहित एक सय एक तोला चाँदीको सिल्ड, ट्रफि र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोस्रो भएको आयोजक नयाँ नेपाल सरोकार समाजले तीस हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो भएको मानेभज्याङ् युवा क्लबले २० हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ । राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको सम्मानमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई आयोजक नयाँ नेपाल सरोकार समाज र दुधकौशिका प्रावि थाक्लेले यसपटक पनि निरन्तरता दिएको हो । प्रतियोगितामा ओखलढुंगा खोटाङ, उदयपुर, सिन्धुली र सोलुखुम्बुसहितका जिल्लाबट १८ टिमले सहभागीता जनाएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !