रौतहटमा हतियारसहित दुई जना पक्राउ




रौतहट,कात्तिक २१ । 

रौतहटको सरमुजवा गाँउ नजिकैबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसन्तपटी ५ का ४५ वर्षीया छोटेलाल साह कानू र तेजापाकड ३ का ३० वर्षका जगरनाथ महतो नुनिया रहेका छन् । पक्राउ परेकाहरुबाट  प्रहरीले बाह्र बोरको नलकटुवा पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पनि बरामद गरेको छ । पक्राउ परेकामध्ये छोटेलाल साह यस अघि पनि चार वर्ष थुनामा बसेका थिए ।

 साह गएको भदौ ६ गते  जयनगर ७ बस्ने ५५ वर्षीया रेहना खातुनलाई धारिलो हतियार प्रहार गरी हत्या गर्नेमा सँलग्न रहेको पनि प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले भने साह हत्यामा सँलग्न भएकाले प्रहरीले खोजी रहेको बताउनुभयो । पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजाना ऐन अन्र्तगत मुद्धा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Related

विविध 6461967788428264352

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item