लुटपाटमा सलंग्न दुई भारतीय पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/11/indian-chor.html
लहान,कात्तिक २१ ।
वडा प्रहरी कार्याल लहानले लुटपाटका घटनामा संलग्न रहेको आरोपमा सिरहाको लहानस्थित सगरमाथा लजबाट आज दुई भारतीय बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार अररियाका १४ वर्षिय, साजन दास र सोही ठाउँका धरमवीर कुमार रहेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक ढकेन्द्र खतिवडा जानकारी दिनुभयो । उनीहरुबाट प्रहरीले चिलाउने काउसो र फलामको धारिलो काँटी बरामद गरेको पनि प्रहरीले जानकारी दिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !