निलगाईका कारण सर्लाही लालबन्दीका किसान चिन्तित
http://sindhulidarpan.blogspot.com/2012/11/cow.html
भोजराज कोइराला,
सर्लाही,कात्तिक २१ ।
निल गाईका कारण सर्लाही लालबन्दीका किसान चिन्तित भएका छन् । निल गाइले खेतमा लगाएको धान, मासलगायतका वाली खाइदिने तथा कुच्लिएर नष्ट गरिदिन थालेपछि किसान चिन्तित भएका हुन् । लालबन्दीस्थित बागबानी तथा त्यस आसपासका जंगलमा रहेका निल गाईको बथान रातको समयमा आएर खेतमा पाक्न लागेको धान, मास लगायतका बाली नष्ट गरिदिने गरेको लालबन्दी–८ का किसान उद्धव भट्टराइले गुनासो गर्नुभयो । राती करिव १२ बजे पछि निल गाइको बथान आएर खेतमा लगाइएको बालीनाली नष्ट गरिदिने गरेको उहाँले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !