सिन्धुलीमा २५ प्रतिशतले जुनार उत्पादनमा कमी आउने



चीना थापा,
सिन्धुली,मसिंर ३ ।

जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा यस वर्ष जुनार उत्पादनमा कमी आउने जुनार विकास संघ सिन्धुलीले जनाएको छ । जुनारको दाना लाग्ने समयमा असिना आएकाले यस वर्ष २० देखि २५ प्रतिशले जुनार उत्पादनमा कमी आउने सिन्धुलीका जुनार विकास संघका कार्यवाहक अध्यक्ष कृष्ण गौतमको भनाई छ । गत वर्ष ११ मेक्ट्रीटन जुनार उत्पादन भएकोमा यस वर्ष त्यसको अनुपातमा उत्पादन घट्ने गौतमको भनाई छ । नेपालमा मात्र नभई विदेशमा पनि सिन्धुलीको जुनारले आफ्नै खालको छुट्टै विशेषता राख्न सफल भएको छ । 

विशेष गरी तीनकन्या र बाशेश्वर गाविसमा असिनाले बढी क्षति पु¥याएको कार्यवाहक अध्यक्ष गौतम बताउनुभयो । व्यापारीले किसानहरुको वगैचामा गएर खरिद गरेको जुनारको स्वादमा कमी आउने भएकाले यस वर्ष देखि जुनार सहकारी मार्फत बजारमा लैजाने तयारी गरिरहेको छ । सिन्धुलीका ४५ वटा गाविसमा जुनार खेति गर्ने गरिन्छ भने रतनचुरा, जलकन्या, तिनकन्या, मझुवा, बाशेश्वर, भुवनेश्वरी र वितिजोर गरी सात ओटा गाविसहरुलाई जुनार पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

Related

स्थानिय 433712804505540423

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item