उदयपुरलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु
http://sindhulidarpan.blogspot.com/2012/11/plastic.html
अप्सरा समाल, उदयपुर मंसिर ४
त्रियुगा उद्योग वाणिज्य संघको अगुवाईमा आजबाट उदयपुर जिल्लालाई खुल्ला प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु भएको छ । कात्तिक २४ गते त्रियुगा नगरपालिकाको आयोजनामा ‘हरित गाईघाट, सबैको गाईघाट’ नामक एक सक्रिय युवाहरुको अग्रसरमा सरोकारवाला संघ संस्थासंग बसेको बैठकको निर्णय अनुसार आजबाट उदयपुर जिल्लालाई खुल्ला प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान सुरु भएको हो । विविध सचेतनामुलक कार्यक्रमसहित अभियान आजबाट पाँच दिनसम्म जारी रहने उद्योग वाणिज्य संघले जनाएको छ । अभियान अन्र्तगत आज त्रियुगा पुलको छठ पर्वमा सहभागीबाट हस्ताक्षर कार्यक्रम सुरु भएको छ । त्यस्तै भोलि पाँच गते रेडियोबाट रेडियो कार्यक्रम प्रसार, ६ गते नगरपालिकाको हलमा सरोकारवाला, व्यापार व्यावसायिसँग अन्तरक्रिया, ७ गते बिहान सदरमुकाम गाईघाटको मेन चोकबाट सरसफाई तथा कटनको झोला वितरण गर्ने र अन्तिम दिन ८ गते ¥याली गर्दै समापन गरिने उद्योग वाणिज्यसंघका माहासचिव चुडामणी कार्कीले बताउनुभयो । संघले २०७० साल वैसाख १ गतेदेखि प्लाष्टिक मुक्त क्षेत्र घोषणाको नियम लागु गर्दै त्रियुगा नगरमा प्लाष्टिक झोला उत्पादन तथा विक्री वितरण गरेको फेला पारे कारवाही तथा जरीवाना गर्ने जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !