राष्ट्रपतिलाई कुनै अधिकार छैनः शेरचन
http://sindhulidarpan.blogspot.com/2012/11/serchen.html
काठमाडौं, ४ मंसिर ।
एकीकृत माओवादीका नेता अमिक शेरचनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने बैधानिक हैसियत नराख्ने दाबी गरेका छन्‘। राष्ट्रपतिलाई सरकार हटाउने र नयाँ सरकार गठनका लागि आह्वान गर्ने संबैधानिक हैसियत छैन,’ उनले भने, ‘संबैधानिक व्यवस्थाविपरित राष्ट्रपति गए मुलुक संकटमा फस्छ ।’काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रपति अरु दलको उस्काहटमा लागे अस्थिरता र अन्यौलता बढ्ने बताए । ‘राष्ट्रपतिले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्छ,’ उनले भने, ‘सरकार निर्माण जनप्रतिनिधिले मात्र गर्न सक्छन्, राष्ट्रपतिले होइन ।’विपक्षी दलहरुको आन्दोलनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू बढ्ने नेता शेरचनले बताए । उनले आन्दोलनले सरकारलाई कुनै प्रभाव नपर्ने समेत बताए ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !