शिवसेना नेपालशिवसेना नेपाल पार्टी भिषण आगलागि गराउन सक्ने सलाईको काँटी हो– अरुण सुवेदी




काठमाडौं मंसिर ४ 
 शिव सेना नेपाल पार्टीका संस्थापक अध्यक्ष अरुण सुवेदी सिवसेना नेपाल पार्टी भिषण आगलागि गराउन सक्ने सलाईको काँटी भएकाले सानो नसम्झन ठूला पार्टीहरुलाई चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विश्वहिन्दूका आदर्श नेता, भारतीय सिव सेना प्रमुख बाला साहव ठाकरेको श्रद्धाञ्जली सभामा बोल्दै सुवेदीले भने– शिव सेना नेपाल पार्टीलाई कसैले संकुचित ढंगले हेरेको छ भने त्यो गलत हुन्छ । यो अरु पार्टीहरुको जस्तो खड्कुलोमा तताएको पानी होईन, यो सलाईको काँटी हो, यो जल्यो भने राष्ट्रघातीहरु जल्न सक्छन् ।
शिव सेना नेपालका कार्यबहाक अध्यक्ष अनिल बस्नेत भने– अब नेपालीहरुले मातृभूमिहरुको धर्म र संस्कृतिमाथि दिनदहाडै बलात्कार भैरहँदा शिव सेना नेपाल अरु पार्टी जस्तो टाँङमुनी पुच्छर लुकाएर बस्न सक्दैन ।  
उनले शिव सेना नेपाल युवाहरुको अधिकाँश सहभागितामा हुर्किरहेको हुँदा यो देश, नेपाली जनता र हिन्दूधर्म र संस्कृतिको रक्षार्थमा महाशक्तिको रुपमा देखापर्ने दावी गरे ।
कार्यबहाक महामन्त्री माधव भण्डारीले भने– सय दिन बाख्रा बनेर बाँच्नुभन्दा देशका सच्चा सपुतहरुले एक दिन बाघ बनेर हिन्दू राष्ट्र, हिन्दूधर्म र संस्कारका लागि चट्टान भएर उभिने छ ।
श्रद्धाञ्जली सभामा बोल्दै सह–महामन्त्री भूवनेश्वर थापाले भने– हिन्दू राष्ट्र पुनःस्थापना, हिन्दूधर्म दर्शन, संस्कृति, संस्कार र पद्दतिलाई जिवन्त राख्न शिवसेना नेपाल पार्टी जस्तो सुकै कदम चाल्न पछि पर्दैन । सभामा सिवसेना नेपाल पार्टीका सबै विभागीय प्रमुखहरुले सम्बोधन गरेका थिए ।
शिव सेना महाराष्ट्रका संस्थापक अध्यक्ष बाला साहव ठाकरेको २ गते शनिबार ३. ४५ आप्mनै निवासमा निधन भएको थियो । 

Related

राष्ट्रिय 5195455694832465212

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item