काकाको छोरालाई हत्या गर्ने ६ वर्षपछि पक्राउ




सिरहा,मसिंर १ । 

काकाको छोरालाई गोली हानी हत्या गरेर फरार भएका एक अभियुक्तलाई ६ बर्षपछि वडा प्रहरी कार्यालय लहानले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको ईटहर्वा गाविस ४ निवासी ६२ बर्षीय हरिहरप्रसाद चौधरी रहेको प्रहरीले जनाएका छन् । चौधरीलाई हिजो साँझ आफ्नै घरबाट पक्राउ गरी शुक्रबार वडा प्रहरी कार्यालय लहानले सार्वजनिक गरेको छ । 

वडा प्हरी कार्यालय लहानका प्रहरी निरिक्षक ढकेन्द्र खतिवडाका अनुसार, आफ्नै काकाको छोरा शिवनाथ चौधरीलाई वि.सं. २०६३ असार ५ गते गोली हानी हत्या गरेर हरिहर फरार रहेका थिए । विशेष सुराकीको आधारमा चौधरीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दा पक्राउ परेका हरिहर प्रसाद चौधरी रिसइबीका कारण आफ्नै काकाको छोरालाई कटुवा पेस्तौलले गोली हानी गरेको खुलेको निरिक्षक खतिवडाले बताउनुभयो ।  

Related

विविध 749988912283817403

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item