अरनिको र बीपी राजमार्गमा नियमित बस सञ्चालन
http://sindhulidarpan.blogspot.com/2012/11/bus_16.html
प्रकाश सुन्दास,
काभ्रे,मसिंर १ ।
काभ्रे,मसिंर १ ।
राजधानी पूर्वका चार जिल्लाहरुमा आज नियमित यात्रुबहाक बस सञ्चालनमा आएको छ । विगत ४० वर्ष देखि काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा अरनिको राजमार्गमा यातायातको सुविधा दिदैँ आएको अरनिको यातायात सेवा समितिले हिजो एक दिन बस नचलाउने निर्णय गरेको थियो । समितिका अनुसार आज विहानै देखि पुरानो बसपार्क काठमाण्डौबाट विभिन्न जिल्लाका लागि बस छुटेका छन् ।
समितिले राजमार्गमा दैनिक दुई सय १४ वटा बस सञ्चालन गर्दै आएको छ । बस नचल्दा महँगो भाडा तिरेर यात्रुहरु गन्तब्यसम्म जान बाध्य भएका थिए । त्यस्तै सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरुलाई यातायातको सुविधा दिदैँ आएको हेलम्बु यातायात सेवा समितिले पनि नियमित बस सञ्चालनमा ल्याएको छ भने बीपी राजमार्गमा पनि यात्रुबहाक बस सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !