एमाओवादी अध्यक्ष प्रचण्डले थप्पड खाए




काठमाडौं, मंसिर १  । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पदम कुँवर नाम गरेका समर्थकले ‘थप्पड’ हानेका छन् । एमाओवादीले भृकृटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा आएका बाग्लुङ घर भएका कुँवरले दाहालालाई गालामा ‘थप्पड’ हानेको प्रहरीले जनाएको छ । ‘थप्पड’ हान्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुभकामनाका लागि लाईनमा रहेका २५ वर्षीय कुँवरले दाहाललाई ‘थप्पड’ हान्नुको कारण खुलेको छैन । कुँवरले अध्यक्ष दाहाललाई ‘थप्पड’ हाने पछि एमाओवादीका समर्थकले उनलाई कुटपिट गरेका छन् । कुटपिटबाट कुँवर घाईते भएका छन् ।

एमाओवादीले नेपाल सम्वतका अवसरमा शुभकामना आदान प्रदान गर्न भृकुटीमण्डपमा चियापान समारोहको आयोजना गरेको थियो । यस अघि, कांग्रेस सभापति सुशील कोइरालालाई काठमाडौंको कपनमा आक्रमणको प्रयास भएको थियो । एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा समर्थकले ‘थप्पड’ हानेका थिए भने एमाओवादीका नेता झग्गुप्रसाद सुबेदीलाई कोटेश्वरमा एक व्यक्तिले थप्पडा हानेका थिए ।

Related

राष्ट्रिय 1659299684305973372

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item