ढुङगाले हानेर टमटाको हत्या
http://sindhulidarpan.blogspot.com/2012/11/murder_18.html
कैलाली, मंसिर ३ । कैलालीको दोदोधरा–६, झपटपुरमा दुई समूहबीच भएको झडपमा एक जनाको ढुंगाले हानेर हत्या भएको छ । शनिबार राति खेत जोतेर फर्कन लागेका भारतीय नागरिक मनजित सिंह सरदार र दोदोधराका स्थानीय युवाबीच विवाद भई झडप हुँदा दोदोधरा–६, झपटपुरका २२ वर्षीय ईश्वर टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई ढुङगाले हानेर हत्या गरिएको हो ।
टमटासहितको समूह र खेत जोतेर फर्कन लागेका सरदारको समूहबीच झडप हुँदा सरदारले हानेको ढुङगाले टाउँकोमा लागेका टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगा हान्ने सरदारको स्थायी घर भारतको लखिमपुर खिरी गंगानगर ग्राम पञ्चायत हो । उनले नेपाली महिलासँग विवाह गरेर कट्टीपुरमा बस्दै आएका छन् । सरदारको ट्याक्टर रोक्न खोज्दा युवाहरुसँग विवाद भएको थियो । हत्यामा संलग्न सरदार र उनका छोरा श्रमजितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !