मैनालीद्वारा जापान सरकारसंग क्षतिपूर्तिको लागि दाबी

http://sindhulidarpan.blogspot.com/2012/12/blog-post_30.html
काठमाण्डौ, पुस १५ ।
एक महिलाको हत्याको आरोपमा १५ वर्ष जापानको कारागारमा बन्दी बनेका इलामका गोविन्द मैनालीले जापान सरकारसंग क्षतिपुर्ति माग गरेका छन् । निर्दोष साबित भएका मैनालीले सातलाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन जापान सरकार समक्ष आग्रह गरेको जापानी संचारमाध्यमले जनाएका छन् ।

मैनालीलाई त्यहाँको उच्च अदालतले निर्दोष रहेको आदेश जारी गर्दै हालै जेलमुक्त गरेको थियो । अदालतको आदेशपछि उनी हाल नेपालमा बसोवास गर्दै आएका छन् । निर्दोष भएर पनि अनाहकमा जेलमा रहनु परेको भन्दै जेलमा कटाएको अवधिको हानि–नोक्सानी सम्बन्धी अर्को माग दाबी गर्ने तयारी समेत मैनालीले गरीरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !