नेविसंघभित्रको सर्वसत्तावाद हाबी भयो


 काठमाण्डौ ,पुस १५ ।
नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति नै निर्धारित समयमा महाधिवेशन नगराउने षडयन्त्रमा लागेको भन्दै नेविसंघका केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।
निर्वाचन गर्न काँग्रेसले गठन गरेको केन्द्रीय निर्देशक समितिका संयोजक रहेका महामन्त्री प्रकाशमान सिंहलाई आज ज्ञापनपत्र बुझाउदै उनिहरुले महाधिवेशन नगराउन संगठनभित्र सर्वसत्तावाद लादिएको आरोप लगाएका छन ।
नेविसंघ पूर्वउपाध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले महामन्त्री सिंहलाई भेटेर महाधिवेशनको मिति घोषणा भइसकेका वेला वर्तमान केन्द्रीय समिति संगठनका जिल्ला संगठन तथा इकाई कमिटी गठन÷विघटनमा लागेकाले त्यसलाई तत्काल रोक्न आग्रह गरेको हो ।
टोलीले महाधिवेशनस्थल तत्काल निर्धारण गरेर निर्वाचन आचारसिंहता लागू गर्न महामन्त्री सिंहसंग माग गरेको संघका पुर्वउपाध्यक्ष महरले जानकारी दिनुभयो । कांग्रेसले नेविसंघ महाधिवेशन माघ पहिलो साता गर्ने घोषणा गरे पनि क्याम्पस ईकाई, क्षेत्रीय र जिल्ला अधिवेशनहरु भएका छैनन् ।
ज्ञापनपत्र बुझ्दै महामन्त्री सिंहले यसवारे पार्टीमा छलफल गरेर अघि बढ्ने वताउनु भएको महरले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 5964465069882501938

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item